काठमाडौं, चैत १९ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०२ देशमा पुगेको कोरोना भाइरसबाट ८ लाख ५६ हजार ९ सय १७ जना संक्रमित भएका छन् । १ लाख ७७ हजार १ सय ४१ जना निको भएर घर फर्किएका छन् ।
बितेको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ । उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

