संघ \संस्था

चारआली जेसीजले दियो विपन्न परिवारलाई खाद्यन्न

झापा, चैत १९ । मेचीनगर १३ का अति विपन्न परिवारहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । उनीहरुलाई चारआली जेसीजले खाद्यन्न सामाग्र दिएको छ ।

मंगलबार चारआली बजार परिसरमा मेचीनगर १३ वडा कार्यलयको संयोजनमा कोरोना सम्बन्धी सचेतना जगाउदै एक सय बढी विपन्न परिवारलाई खाध्यान्न सामाग्री वितरण गरेका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशील चारआली जेसीजले अहिलेको बिषम परिस्थितिमा रोजगारी बन्द भई दुई छाक टार्न समस्या परेका अति विपन्न परिवारलाई १० केजी चामललगायतका सामाग्री वितरण गरीएको चारआली जेसीज अध्यक्ष बिकास निरौलाले बताए ।

कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष कूष्ण सिग्देल, कार्यपालिका सदस्य निरू परियार, बिष्णु रिमाल, धन बहादुर तामाङ, उतम पकुवाल, टिका रिजाल, भोजराज पराजुली, विरू बेघा, सगित शिवाकोटी र भानु खतिवडालगायतले खाद्यन्न सामाग्री बितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.