पर्वत, चैत २० । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै पर्वत जेसीजले विपन्न परिवारलाई खाद्यन्न दिएको छ । कुश्मा शिवालय चोक स्थित आराध्या फुड एन्ड बेभरेजको सहजीकरणमा जेसीज सदस्यहरुको आन्तरिक सहयोग बाट विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको थियो ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पूरा देशनै लकडाउन घोषण गरेको छ । काम बन्द हुँदा दुई छाक टार्न पनि समस्यामा परिरहेका मजदुर तथा अति विपन्न ३२ परिवारलाई प्रति परिवार १२.५ केजी चामल२ केजी दाल, २ केजी आलु, १ पोका नुन, १ लिटर खाने तेल, १ पिस हातधुने साबुनलगायतका सामाग्री वितरण गरीएको पर्वत जेसीज अध्यक्ष रामु शर्माले जानकारी दिए ।

