खेलकुद

महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भुटान भिड्दै

विराटनगर/ पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुदैछ । घरेलु मैदानमा साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा छ ।

जारी प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकहो साथ पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published.