समाचार

गुण्डागर्दीलाई तह लगाएरै छाडने “आइजीपी खनाल”

नवलपरासी/ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डा र अपराधीहरुलाई तह लगाएरै छाडने बताएका छन् । पश्चिमी नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्दघाटन गर्न पुगेको प्रहरी महानिरिक्षक खनालले भने, ‘ देशमा बढदै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाक्लाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेका छौं ।’

प्रहरी महानिरिक्षक खनालले अपराधी तथा तस्करलाई साथ दिने र गलत कार्य गर्ने प्रहरीलाई पनि कानुन बमोजिम कार्वाही गर्ने भन्दै देशमा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी लागि परेको बताए ।

खनालले देशमा गुण्डागर्दी समाप्त पार्ने र अपराधीहरुलाई कानुनी दायरामा ल्याउन विभिन्न रणनीति अप्नाएर काम गरिरहेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.