विविध

झापामा ट्याक्टरले किचेर चालकको मृत्यु

झापा । झापा गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो २ बजे मे १ त ४७०९ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी ट्याक्टर चालक झापा गाउँपालिका- ४ निवासी २२ वर्षीय सुनिल हेमरनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । चालक हेमरनलाई ट्याक्टरको इन्जिनले किच्दा घटनास्थलमै मृत्यु भएको थियो ।