युवराज आचार्य
झापा / बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा झापाको मेचीनगर १४ स्थित प्रणामी टोलमा भोली देखी मुस्लिम समुदायको धार्मीक मेला लाग्ने भएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको आस्थाका केन्द्र बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा बिगत आठ दशक अघि देखी फाल्गुण २९ र ३० गते झापाको मेचीनगर १४ स्थित प्रणामी टोलमा धार्मीक मेला लाग्ने गरेको छ ।
मुस्लिम समुदायको ईतिहास बोकेको यस धार्मीक मेलामा आफुले मागेको र चिताको पुग्ने जन विश्वास छ । आफुले मागेको र ईच्छाएको पुग्ने विश्वासका साथ नेपालको १.न.प्रदेश सहित छिमेकी राष्ट्र भारतको बंङ्गाल र बिहार देखी भक्तजन आउने गर्दछन् ।
बाबाको कब्रस्थानमा २९ गते दिउसो दुई बजे देखी ३० गते अपरान्ह बाह्र बजे सम्म निरन्तर बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा पुजा आरधना गरिने गरिन्छ । कब्रस्थान भित्र महिला प्रवेश निषेध गरिएको छ । कब्रस्थान बाहीर बाट महिलाहरुले दर्शन गर्ने गर्दछन् ।
मुस्लिम समुदायले आयोजना गरेको यस धार्मिक मेलामा हिन्दु, बौद्ध लगायत अन्य धर्मावलम्बीहरु सहित दश हजार बढी मानिसले यो धार्मीक मेलामा सहभागी हुने आयोजक समितिका अध्यक्ष लाल मोहम्मदले जानकारी दिए ।
मेलामा जाड रक्सी तथा जुवा तास निषेध गरिएको छ । विभिन्न मनोरञ्जनका खेल सामाग्री सहित बिभिन्न मिठाई परिकार, लत्ता कपडा र घरायसी सामाग्री उपलब्ध हुने अध्यक्ष मोहम्मदले बताए ।

