विविध

बैशाखमा लाईसेन्स आवेदन फारम खुल्ने

विकास राउत / डम्बर विश्वकर्मा
झापा / यातायात कार्यालय मेचीले नागरिकको सुविधलाई मध्यनजर गरेर विभिन्न सवारी साधनहरुको लाईसेन्स वितरणका लागि निरन्तर अनलाईन फारम भरी लिखित तथा ट्रायल परिक्षा लिई राखेको छ ।

तर बाईक तथा स्कुटीको भने केही ग्याप गर्दै फारम भर्ने गरेको छ । अरु साधनको भन्दा बाईक र स्कुटीको बढी मात्रामा अनलाईन फारम भर्ने भएको कारण सर्वरले द्रुत गतिमा काम गर्न सकेको छैन । अब आगामी बैशाख महिनामा लाईसेन्स आवेदन फारम खुलाउने मेची यातायात ब्यवस्था विभागले जनाएको छ ।

जसले गर्दा अत्याधिक माग भए पनि केही ग्याप गर्दै लाईसेन्स आवेदन फारम खुलाउनु परेको कार्यालय प्रमुख खरुदेव चुडालले बताए ।

कार्यालय प्रमुख चुडालका अनुसार घरमै बसेर पनि ईन्टरनेट मार्फत अनलाईन लाईसेन्स आवेदन फारम भर्न सकिने बताए । साथै यातायात सम्बन्धी विभिन्न जानकारीका लागि मेची यातायात कार्यालयको फेसबुक पेजमा हेर्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published.