समाचार

ज्ञानेन्द्रको जनकपुरमा भव्य स्वागत

जनकपुर / मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा उनका समर्थकहरुले लगाएका छन् । बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् । पूर्वराजा शाहको स्वागतको लागि नेपाली कांग्रेसका नेता ललन चौधरी, राजपा Read More…

खेलकुद

हिमालयन शेर्पा माई भ्याली गोल्डकपका सेमिफाइनलमा प्रवेश

इलाम / माइभ्याली गोल्डकपको क्वार्टरफाइलन खेलमा हिमालयन शेर्पा क्लबले डिफेन्डिङ च्याम्पियन थ्री स्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । १३ औं मिनेटमा थ्रीस्टारका कप्तानअनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अत्यन्त प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले जवाफी गोल फर्काउँदै बराबरीमा पुर्याए । ६८ औं मिनेटमा त्रिदेव गुरुङले गोल Read More…

खेलकुद

साफ च्याम्पियनसिप भारतको फराकिलो जित

विराटनगर / भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ । आर्ठौ मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १३ अौं मिनेटमा सन्ध्या रंगनाथानले प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २३ अौं मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक Read More…

खेलकुद

जुडो खेलकोे प्रदेशस्तरीय छनोट सुरु

झापा । एक नम्बर प्रदेशस्तरीय जुडो प्रतियोगिता बुधबारदेखि मेची रङ्गशालाको कभर्डहलमा सुरु भएको छ । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको सह आयोजनामा प्रतियोगिता सुरु भएको हो । मेची रङ्गशालाको कभर्डहलमा आयोजना भएको दुई दिने उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका हुन् । कार्यक्रममा प्रमुख Read More…

कला

अनमोलको नयाँ फिल्म ‘प्रताप’

काठमाण्डौं / नायक अनमोल केसी यतिवेला फिल्म ‘ए मेरो हजुर ३’ को छायांकन र प्रचारमा व्यस्त छन् । अनमोललाई निर्देशक अपिल विष्टले फरक कथामा निर्माण हुन लागेको लभ स्टोरी फिल्मको शीर्ष भुमिकाको लागि अफर गरेका छन् । निर्देशक बिष्टले भने– ‘क्याप्टेन भन्दा अघिदेखि अनमोल सँग कुरा भएको हो । मैले स्टोरी पनि सुनाएको छु उहाँले Read More…

समाचार

जङ्गली हात्तीको आक्रमणबाट हिजो झापामा एक जनाको मृत्यु

बिजय उप्रेती सुुरुङ्गा जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको प्रत्यक्षदर्शीले बताए । खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको थियो Read More…

खेलकुद

हक्की खेलका प्रदेशस्तरीय खेलाडी छनोट

झापा / आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हक्की खेलका एक नम्बर प्रदेशस्तरीय खेलाडी छनोट भएका छन् । बुधबार मेची रङ्गशालामा सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । प्रतियोगिताबाट छानिएकामा पुरुषतर्फ मनोज चौधरी, चिरन प्रधान, सन्तोष बेस्रा,सन्तोष जोशी, सञ्जय राजवंशी, राजु राजवंशी, डिल्ली चौधरी, रविलाल राजवंशी, उद्धव श्रेष्ठ, अभिषेक पोखरेल, दिपक खतिवडा, अनिस मगर, Read More…

खेलकुद

पुलिस क्लब माई भ्याली गोल्डकपका सेमिफाइनलमा प्रवेश

इलाम / नेपाल पुलिस क्लब काठमाण्डौ इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पाहुना टिम युनाइटेड क्लब दार्जीलिङसँग २–१ को जित निकाल्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको छैटौँ मिनेटमा नै सौजन्य याक्खा राईको गोलले पुलिसले अग्रता बनाएको थियो Read More…

खेलकुद

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

विराटनगर / साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो । विराटनगरको सहिद रंगशालामा सुरुवातबाटै आक्रमक दखिएको नेपालले १३ औ मिनेटमा अग्रता बनाएको थियो । १३ औ मिनेटमा मन्जिली कुमारी योञ्जनले नेपालका लागि पहिलो गोल गरिन् । दायाँ भागबाट पहिलो बार Read More…

समाचार

सरकारकोे विप्लवको गतिविधिमाथि प्रतिबन्ध

काठमाण्डौ / सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालो Read More…