समाचार

ज्ञानेन्द्रको जनकपुरमा भव्य स्वागत

जनकपुर / मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनमा जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा उनका समर्थकहरुले लगाएका छन् ।

बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका हुन् ।

पूर्वराजा शाहको स्वागतको लागि नेपाली कांग्रेसका नेता ललन चौधरी, राजपा नेपालबाट अलग भएका राजपा लोकतान्त्रिकका संयोजक रितेश सिंह लगायत राजावादीहरुको बाक्लो उपस्थिथि थीयो ।

पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको राजदरबारका सचिव फणी पाठकले हाम्रो खबरपाटी लाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.