
इलाम / माइभ्याली गोल्डकपको क्वार्टरफाइलन खेलमा हिमालयन शेर्पा क्लबले डिफेन्डिङ च्याम्पियन थ्री स्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
१३ औं मिनेटमा थ्रीस्टारका कप्तानअनिल गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अत्यन्त प्रतिस्पर्धात्मक खेलको १९ औं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले जवाफी गोल फर्काउँदै बराबरीमा पुर्याए ।
६८ औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पा लाई अग्रता दिलाए । हिमालयन शेर्पाका सुनिल खड्काले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलमा हिमालयन शेर्पाका उल्रिस शिवे म्यान अफ द म्याच घोषीत भए । बिहिबार विभागीय टिम सशस्त्र प्रहरी एपीएफ र दाउफिन्सस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता रहेको माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

