
झापा / आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हक्की खेलका एक नम्बर प्रदेशस्तरीय खेलाडी छनोट भएका छन् ।
बुधबार मेची रङ्गशालामा सम्पन्न प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् ।

प्रतियोगिताबाट छानिएकामा पुरुषतर्फ मनोज चौधरी, चिरन प्रधान, सन्तोष बेस्रा,सन्तोष जोशी, सञ्जय राजवंशी, राजु राजवंशी, डिल्ली चौधरी, रविलाल राजवंशी, उद्धव श्रेष्ठ, अभिषेक पोखरेल, दिपक खतिवडा, अनिस मगर, मनिस मगर, अभिषेक राजवंशी, कृष्ण तामाङ्ग, गौरव कार्की, गौरव विश्वकर्मा, निसान बिष्ट छन् ।
त्यस्तै, महिलातर्फ श्रृजना तामाङ्ग, सरस्वती तामाङ्ग, पवित्रा अधिकारी, कबिता राई, निरती राजवंशी, रमिला राजवंशी, प्रतिमा राजवंशी, उसा मुर्मु, रत्ना राजवंशी, रिता राई, दिपा राजवंशी, मनिका समरीया, करुणा चौलागाई, रजिता दंगाल, अस्मिता माझी, नुमा आङ्गदाङ्गव, बिष्णु योगी, अनु खड्का छनोट भएका हुन् ।
उनीहरुले नेपालगञ्जमा हुने आठौं राष्ट्रिय हक्की प्रतियोगितामा प्रतिष्पर्धा गर्ने हक्की प्रशिक्षक ज्ञानेन्द्र बहादुर खड्काले बताए ।

उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, उपाध्यक्ष प्रशान्त भण्डारी, कोषाध्यक्ष धर्मराज सिवाकोटी, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, लगायतले बधाई तथा शुभकामना दिए ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति झापाको संयोजनमा मेची रङ्गशालामा हक्की खेलकोे प्रदेशस्तरीय प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ झापा र मोरङ्गका खेलाडीहरुले सहभागी जनाएका थिए । महिला तर्फ झापाको टिमले नै प्रदेशको प्रतिनिधित्व गर्ने छ ।

