
बिजय उप्रेती
सुुरुङ्गा जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । जामुनखाडी सामुदायिक वनमा घाँस काट्न गएका खनाललाई हात्तीले कुल्चेर मारेको प्रत्यक्षदर्शीले बताए ।
खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको थियो ।

