कला

अनमोलको नयाँ फिल्म ‘प्रताप’

काठमाण्डौं / नायक अनमोल केसी यतिवेला फिल्म ‘ए मेरो हजुर ३’ को छायांकन र प्रचारमा व्यस्त छन् । अनमोललाई निर्देशक अपिल विष्टले फरक कथामा निर्माण हुन लागेको लभ स्टोरी फिल्मको शीर्ष भुमिकाको लागि अफर गरेका छन् ।

निर्देशक बिष्टले भने– ‘क्याप्टेन भन्दा अघिदेखि अनमोल सँग कुरा भएको हो । मैले स्टोरी पनि सुनाएको छु उहाँले मन पनि पराउनु भएको छ । ‘ए मेरो हजुर ३’ रिलिज पछि फाइनल कुरा हुनेछ ।’

मिडियामा यो खबर हालै बाहिरिएको भएपनि केही समय अगाडीको कुरा भएको कारण हाल अनमोल ए मेरो हजुर ३ मा व्यस्त रहँदा कुरा फाईनल नभएको बुझिएको छ । अनमोलको अर्को फिल्म ‘क्याप्टेन’ फागुन १७ बाट प्रदर्शनमा आएको थियो । नयाँ फिल्मको नाम ‘प्रताप’ राखिएको छ ।

फिल्मको कथा पनि तयार भैसकेको र अनमोलसँग कुरा हुँदा केहि फेरबदल हुन सक्ने अपिलले वताए ।
अनमोलको ‘ए मेरो हजुर ३’ र अपिलको फिल्म ‘कागजपत्र’ पछि नयाँ प्रोजेक्ट नभएकोले सहमति भए ‘प्रताप’ गर्ने र फिल्मको सम्पूर्ण छायांकन नेपालमा हुने अपिलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.