विश्व

कोरोनाको कहर:२०९ देशमा फैलिदा ७४ हजार बढीको मृत्यु

काठमाडौं, चैत २५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ७४ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०९ देशमा पुगेको कोरोना भाइरसबाट १३ लाख ४६ हजार ३५ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख ७८ हजार ५३४ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ९२ हजार ८४७ जनामा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४७ हजार ४५९ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप ३० हजार ३३१ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ८७१ छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ६३६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published.