संघ \संस्था

राहत कोषमा जनचेतनाको सहयोग

ईलाम, चैत २६ । चुलाचुली गाउँपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।

यसै बिच जनचेतना कृषि सहकारी संस्था चुलाचुलीले पनि सहयोग गरेको छ । जनचेतना कृषि सहकारीको तर्फबाट नगद सात हजार रुपँया गाँउपालिकाको राहत कोषलाई सहयोग गरेको छ ।

संस्थाको तर्फबाट रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष खड्गकुमार न्यौपाने, व्यवस्थापक सुरेन्द्रप्रसाद भट्टराई र लेखा सिमिती त्रिलोचन गौतम लगायतको उपस्थिति रहेको थियो ।

उक्त रकम गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईलाई संस्थाका अध्यक्ष न्यौपानेले हस्तान्तरण गरेका थिए । उक्त अवशरमा उपाध्यक्ष निर्मला दाहाल, प्रशासकीक अधिकृत काजीमान राई र विपत कोष सचिब दुस्यन्त दाहाल लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.