झापा, चैत ३० । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरेको छ ।

सहारा नेपाल साकोस चारपानेले आईतबार आज अर्जुनधारा नगरपालिकालाई १ लाख ११ हजार राहत प्रदान गरेको छ । साकोसका सदस्यद्धय नरहरि न्यौपाने र नेत्र नेपालले उक्त रकम बराबरको चेक अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेका थिए ।

सोही क्रममा सहारा नेपालले मेचीनगर नगरपालिकाको राहत कोषमा पनि सहयोग गरेको छ । सहारा नेपालले मेचीनगर राहत कोषमा १ लाख ११ हजार सहयोग गरेको हो । आइतवार नगरपालिका कार्यालयमा सहारा नेपाल साकोस हावस सेवा केन्द्र मेचीनगरका संयोजक भगिरथ शर्मा सुवेदीले मेचीनगर प्रमुख बिमल आचार्यलाई १ लाख ११ हजारको चेक रकम हस्ताणतरण गरेका हुन् ।

त्यसैगरी सहारा नेपाल साकोस चारपानेले कनकाई नगरपालिकालाई पनि आईतबार नै १ लाख ११ हजार राहत प्रदान गरेको छ । साकोस द्वारा वितरण गरीएको उक्त रकम बराबरको चेक नगर प्रमुख राजेन्द्र पोखरेलले बुझेका थिए ।
त्यसैगरी संस्थाले फिदिम सेवा केन्द्र मार्फत फिदिम नगरपालिकालाई ५० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । आइतबार नगरपालिका कार्यलयमा भएको सहयोग आदानप्रदान कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको फिदिम सेवा केन्द्रका प्रमुख तुलसीराम तिम्सीनाले जानकारी दिए ।

अहिलेको बिषम परिस्थितिमा संस्थाले सहयोग स्वरुप झापाको नगरपालिकामा १ लाख११ हजार र गाउँपालिकामा ६१ हजार राहत दिने संस्थाको निर्णय भए अनुसार सोही बराबरको रकम स्थानिय सरकारलाई दिदै आएको संस्थाका बरिष्ठ प्रबन्धक राम नारायण प्रधानले बताए । उनका अनुसार झापा बाहिरको नगरपालिकामा ५० हजार र गाउँपालिकामा २५ हजार प्रदान गरिएको पनि बताए ।
सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट प्रदेश १ स्थित मोरङ, सुनसरी, झापा, उदयपुर, इलाम, पाँचथर जिल्लामा २० लाख रुपैयाँ कोरोना रोकथाम तथा उपचारका लागि सहयोग गरिने संस्थाको निर्णय अनुसार उक्त रकम सम्बन्धित निकायलाई हस्तान्तरण गरीन थालेको बताए ।

