स्वास्थ्य

मेचीनगर–८ मा विदेशवाट आएका सबैको स्वास्थ्य जाँच, अवस्था सामान्य

झापा, चैत ३० । झापाको मेचीनगर–८ मा होम क्वारेन्टाइन रहेकालार्य आइतवार थर्मल गनबाट चेकजाँच गरिएको छ । मेचीनगर–८ मा फागुन अन्तिम देखि विदेशबाट आएका १७ जनालाई चेकजाँच गरिएको हो । उनिहरुको चेकजाँच गरिएपछि स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पाइएको छ ।

भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका १७ जनालाई १४ दिनको होम क्वारेन्टाइनमा वसेपछि आइतवार थर्मल गनबाट चेकजाँच गरिएको मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए । उनीहरुलाई काँकरभिट्टा स्वास्थ्य चौकीबाट तलवहादुर खड्काको नेतृत्वमा आएको स्वास्थ्य टोली संगै युवा समाजसेवी अर्जुन पोख्रेल र ओम तिम्सिनाले सवैको घरमै पुगेर चेकअफ गरेको वडा सदस्य मेचेले बताए ।

यस अघिनै मेचीनगर–बिदेशबाट आएका सदस्यहरुको घर पहिचान गरि रातो रंगले चिन्ह लगाउने काम भएको थियो । यसरी पहिचान गराउँदा त्यस्ता ब्यक्तिलाई घर भित्र पनि परिवारसंग घुलमिल नभई अलग्गै कोठमा बस्न आग्रह गरिएको र केही समस्या आए तत्काल वडा कार्यालय वा जनप्रतिनिधिहरुलाई खबर गर्न आग्रह गरिएको थियो । जसवाट मेचीनगर–८ मा जनता थप सचेत वनेका वडा सदस्य मेचेले बताए ।

Leave a Reply

Your email address will not be published.