विविध

आजको मौसम: आंशिक बदली चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, बैशाख १३ । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट समेत जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक बदली रहेको छ। आज दिउँसो पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक वदली रहने विभागले जनाएको छ ।

मध्य र पूर्वी भूभागका केही स्थान र पश्चिमी पहाडी भू–भागका केही स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती पश्चिमी पहाडी भू–भाग तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक बदली रहीने विभागले जनाएको छ । मध्य र पूर्वी भू–भागका थोरै स्थान र पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.