विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ९५ हजार नाघ्यो

काठमाडौं, बैशाख १३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २७ लाख ९० हजार ९ सय ८६ जना संक्रमित भएका छन् । सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । कोरोना भाइरसका कारण अमेरिकामा ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् । स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ । बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र पाँच हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.