झापा, बैशाख १८ । मेचीनगर–९ स्थित धुलाबारीमा रहेको होलीबेल अंग्रेजी मावीले प्रविधिमैत्री बन्दै अनलाइन शिक्षा सुरू गरेको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै विद्यालयले आफ्ना विद्याथीहरुको पठनपाठनमा समस्या नआवोस भनेर अनलाईन शिक्षा संचालनमा ल्याइएको विद्यालय भाइस इन्चार्ज सुरज कार्कीले बताए ।
विद्याथीहरुले अनलाइन मार्फत घरमा नै बसी बसी आफ्नो अध्यायनलाई निरन्तरर्ता दिन सकुन र विद्यार्थीहरुको शैक्षिक स्तर नखस्कियोस भन्नका लागि विद्यालयले अनलाइन शिक्षण प्रक्रियालाई अपनाएको कार्कीले बताए ।

हाम्रा बालबालिकाहरु स्कुल गएर कहिले देखि औपचारीक शिक्षा ग्रहण गर्न पाउछन् भन्ने ठूलो चिन्ता छ । त्यसैले यी सबै समस्याको हलका निम्ति हामीले बैशाख पहिलो हप्ताबाटै अनलाइन शिक्षाको थालनी गरेका छौँ विद्यालयको प्रिन्सिपल अनु प्रधानले बताए ।
आजको मितिसम्म आइपुग्दा मन्टेश्वरी देखि कक्षा १० सम्म निर्बाध रूपमा अनलाईन कक्षा संचालन भइरहेको प्रिन्सिपल प्रधानले बताए । अभिभावक र विद्यार्थीहरुको अनलाइन कक्षा प्रतिको उत्साह र उत्सुकताले असुविधा हुँदाहुँदै पनि क्रमशः जोडिदै गईरहेको पनि उनले बताए ।

