अर्थ

बाल बचत खाता खोलिदिएर उपाध्यक्ष डाँगीले मनाइन जन्मदिन

झापा, बैशाख १८ । गृहलक्ष्मी  बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्ष रेनुका डाँगीले जन्मदिन फरक शैलीमा मनाएकी छन् । उनले आफ्नो ४७ औ जन्मदिन फरक शैलीमा मनाएकी हुन् । झापा मेचीनगर–९ धुलावारी निवासी डाँगीले बलवचत खाता खोलीदिएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

गृहलक्ष्मी  बचत तथा ऋण सहकारी सस्थाको कार्यक्षेत्रमा रहेको ज्याला मजदुरी गरि जिवन चलाएका २० परिवारका २० जना बालबालिकाको खाता खोलीदिएकी छन् ।

निम्न वर्गका आयआर्जन गर्ने परिवारलाई आफ्नो छोराछोरीको भविश्य उज्वल बनाउनको निमित्त सहकारीमा बचत गराउने बानी बसाल्नका लागि बालवचत खाता खोलीदिएको । गृहलक्ष्मी  बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्ष रेनुका डाँगीले वताइन् । बालबालिकाहरुलाई आज थोरै थोरै रकम जम्मा गरे भविश्यमा अमर्थिक समस्या टार्नलाई सहयोग हुने डाँगीले बताइन् ।

विहीवार । गृहलक्ष्मी  साकोसको प्रधान कार्यालयमा सामाजिक दुरी कायम गरि सो कार्याक्रम सम्पन्न गरिएको हो । डाँगीको जन्मदिन भने भोली  (वैशाख १९ गते शुक्रवार) हो तर सस्था आज मात्र खुल्ने भएकाले कार्यक्रम आजै सम्पन्न गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published.