बाहुण्डाँगी । पोखरा लेडि जेसीजले आयोजना गरेको ६ दिने सीप मुलक तालिम सम्पन्न भएको छ । असोज ४ गतेबाट सुरु भएको तालिम आज औपचारिक रुपमा सम्पन्न भएको हो ।
तालिममा बेरोजगार, गृहणी महिला तथा युवालाई लक्षीत गरी उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रशिक्षकमा साथीश्रम प्रशिक्षण केन्द्रका प्रमुख, सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा केन्द्र कुलेश्वरका उपाध्यक्ष, काठमाण्डौ लेडीका पूर्व अध्यक्ष श्री सजना नकर्मीज्यू सीपमूलक तालिमको प्रशिक्षक रहनु भएको थियो । तालिममा डिटरजन पाउडर , ट्वाइलेट क्लिनर, फिनेल, झोल साबुन र डल्लो साबुन बनाउने प्रशिक्षण प्रशिक्षर्थीहरुलाई दिइएको थियो ।

शाखाकी अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्व तथा पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष पवन प्रजापतिको प्रमुख अतित्थतामा सम्पन्न कार्यक्रममा निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमिल्सिना, मातृ शाखा पोखरा जेसीजका अध्यक्ष मिनराज खड्का, पूर्व अध्यक्ष सिनेटर इश्वर कर्माचार्य, सिनेटर शिव सुवेदी, पोखरा लेडीका पूर्व अध्यक्ष सपना गिरी, पत्रकार महासंघका पूर्व कन्द्रिय सदस्य बरिष्ठ पत्रकार सुस्मा पौडेल, जाल्पा महिला उद्धार समितिका अध्यक्ष राधिका थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ३१ जनाले प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा आस्थापाठका अगुवाई अनिता थापाले गर्नु भएको थियो । स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपा पौडेल धन्यावाद ज्ञापन तालिम आयुक्त रिना पौडेल र सञ्चालन महासचिव प्रमिला कुँवर सुवेदीले गर्नु भएको थियो ।



