कला

एडी म्युजिक एकाडेमीले ट्रिनिट कलेज लण्डनबाट प्राप्त प्रमाणपत्र वितरण गर्यो

झापा, चैत १८ । नेपालको सुदुरपुर्व मेचीनगर ६ स्थित बर्मेली टोलमा रहेको एडी म्यूजिक एकाडेमीले भारतको सिलुगढीमा ट्रिनिट कलेज लण्डनको प्रतिनिधि आएर लिएको संगित परिक्षामा प्रथम तथा बिशिष्ट श्रेणी प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रिनिट कलेज लण्डन बाट प्राप्त प्रमाण पत्र पत्रकार सम्मेलन गरी सोमबार (आज) वितरण गरेको छ ।

प्रमाण पत्र वितरण कार्यक्रममा राष्ट्रिय चर्चित गायक पुस्पन प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । म्यूजिक कम्पोजर जिवन प्रकाश प्रधान, ड्रमर नरेन बर्देवा, थेसिस बोर्डीङ्ग स्कुलका प्रिन्सिपल डम्बर रुचाल पत्रलगायतको आतिथ्यता रहेको थियो ।

पत्रकार अभिभावक संगीतक्षेत्रका विभिन्न ब्यक्तिलगायतको उपस्थिति रहेको उक्त कार्यक्रम सञ्चालन एडी म्यूजिक एकाडेमीका सञ्चालक अर्जुन दहालले गरेका थिए ।

भारतको सिलुगढीमा ट्रिनिट कलेज लण्डनले लिएको संगित परिक्षमा एडी म्यूजिक एकाडेमी बाट सहभागी भई प्रथम तथा बिशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरुमा गितार तर्फ ईभा निरौला, आयूस खतिवडा, हिमान्सु खेताङ्ग, बेन्जामिन राई, मार्विन कार्की रहेका छन् । किबोर्ड तर्फ अनिरुध प्रसाई, आयूस खतिवडा, जिउनिमा नार्जिनेरी र ड्रम्स तर्फ प्रदिप शंकर र आनन् तामाङ्ग गरी जम्मा दश जना रहेका छन ।

२०७२ सालमा मेचीनगर ६ स्थित बर्मेली टोलमा स्थापना भएको यस विद्यालयले छोटो समयमा नै आफ्ना विद्यार्थीहरुलाई सफलता दिई रहेको छ । सञ्चालक अर्जुन दहाल सहित गितार, ड्रम्स र किर्बोडमा अनिल रसाईली, भोकल प्रविन विश्वास र सर्वेश्वर विश्वासले तबेलाको प्रशिक्षण दिईरहेका छन् । हाल यस विद्यालयमा ४ बर्ष देखी ५० बर्ष सम्मका ३५ जना प्रशिक्षार्थीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.