कला

सन्तोष आलेमगरको चोखो चोखो हाम्रो माया” बोलको म्युजिक भिडियो सार्वजनिक

नविन आचार्य

झापा / सन्तोष आलेमगर र उनकी धर्मपत्नी प्रकृति आलेमगरको स्वरमा “चोखो चोखो हाम्रो माया” बोलको गीत बजारमा आएको छ ।

चोखो चोखो हाम्रो माया” बोलको गीतमा शब्द सङ्गीत गायक आले स्वयमको रहेको छ । म्युजिक भिडियालाई झापाको पर्यटकीय स्थल दोमुखाको आसपासमा छायाँकन गरिएको छ । म्युजिक भिडियोमा सुजन समाल मगर र सारेगम कला केन्दका प्रशिक्षथीहरुको अभिनय रहेको छ ।

सारेगम कला केन्द्र अर्जुनधाराले निर्माण गरेको म्युजिक भिडियोलाई निर्देशन नृत्य प्रशिक्षक समालले नै गरेका छन् ।

साङ्गीतिक क्षेत्रमा आफ्नो भविस्य खोज्दै मेहेनत गरी निरन्तर गीत सङ्गीतमा लागि रहेका गायक नँया म्यूजिक भिडियोलाई नेपाली दर्शकले मन पराउनेमा विश्वस्त रहेको गायक आलेले बताए ।

सहयोगी, सरल र मिलनसार व्यक्तित्वका धनि आले गीत संगीतमा मेहेनत गरि रहेका छन् । गायक आलेको “प्यारो खुदुनाबारी” लगायत आधा दर्जन बढी गीत बजारमा छन् ।

उनको “प्यारो खुदुनाबारी” बोलको गीतको म्यूजिक भिडियोले सफता पाएपछि थप यस क्षेत्रमा लाग्न उर्जा सँगै जिम्मेवारी मिलेको सन्तोष बताउछन् ।

स्थानीय क्षेत्रलाई गीत, संगीतको माध्यमबाट परिचित गराउने उद्देश्यले बिगत ४ बर्ष देखि खुदुनाबारीमा सारेगम कला केन्द्रको स्थापना गरी संगीत कक्षा सञ्चालन गरेका छन् ।

स्थानिय स्तरमा हुने महोत्वस तथा साँस्कृतिक कार्यक्रमा व्यस्त गायक अग्रज व्यक्तित्व तथा शुभचिन्तकहरुको साथ र हौषलाका कारण सफलता प्राप्त गर्दै गएको बताउछन् ।

Leave a Reply

Your email address will not be published.