खेलकुद

श्रीलंका र भारत साफ च्याम्पियनसिपको सेमिफाईनलमा

विराटनगर/ साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई २० ले पराजित गरेसंगै समुह बीबाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लागेको हो ।

समुह चरणका दुवै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समुह विजेता टोलीको टुङ्गो भने आगामी आईतबार लाग्नेछ । समुह चरणको अन्तिम खेलमा आगामी आईतबार भारत र श्रीलंका भिड्नेछन् ।

श्रीलंकाले खेलमा अग्रता ४० औ मिनेटमा चालानीकुमारी इकानायाकेको गोलबाट लिएको थियो । फ्रिकिकमा आएको बल माल्दिभ्सकी गोलकिपरले नियन्त्रणमा लिन नसक्दा रिबान्ड बलमा चलानीले गोल गरेकी थिईन् ।

चलानीले ५० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै श्रीलंकाको जित सुनिश्चित गरिन् । अचला सञ्जिवनी पेरेराले दिएको क्रसलाई डिबक्सभित्र रहेकी चलानीले उत्कृष्ट ढङ्गले गोलमा परिणत गरेकी थिईन् ।

सुरुवातबाटै माल्दिभ्सलाई दबाबमा राखेको श्रीलंकाले पहिलो आक्रमण खेलको १० औ मिनेटमा बुनेको थियो ।

कप्तान इरान्दी के लियाङ्गीले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले उत्कृष्ट बचाउन गरेकी थिईन् ।

२३ औ मिनेटमा श्रीलंकाले कप्तान ईरान्दी ुवान भर्सेस वानुमा चुकिन् । मैदानको मध्यभागबाट पाएको लामो पासमा उनीको प्रहार पोस्ट माथिबाट आकासिएको थियो ।

Leave a Reply

Your email address will not be published.