समाचार

खोटाङमा डढेलो नियन्त्रण बाहिर ७ घर नष्ट

खोटाङ / खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ ।आज दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो ।

भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलेर नस्ट भएको छ । त्यस्तै सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलेर नस्ट भएको स्थानिय प्रत्यक्ष दर्शीले हाम्रो खबरपाटीलाई जानकारी दिए ।

नियन्त्रण बाहिर रहेको डढेलोले अन्य घर समेत जोखिममा परेको छ । डढेलो नियन्त्रणका लागी ऐसेलुर्खबाट नेपाली सेना तथा नेपाल प्रहरी, रावाबेरीको डुम्रे प्रहरीचौकी र खार्पा चौकीबाट प्रहरी टोली तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.