काठमाडौं, जेठ १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सोमवार मात्रै ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज विहान ७२ र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

