स्वास्थ्य

थप ५ जनामा कोरोना संक्रमण पुष्टी

सिरहा, जेठ १३ । सिरहाका थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ का वर्ष ३६, २६,२९,३७ का ४ जना पुरुष र नवराजपुर गाउँपालिकाका १ जना गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनिहरु भारतका विभिन्न ठाउँमा मजदूरी गरि बस्दै आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

आज थपिएका ५ जनासहित सिरहामा कोरोना संक्रमितको कुल संख्या ६ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने यस बारेमा पुष्टि गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published.