काठमाडौं, जेठ १३ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ । स्वाथ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् Read More…
Day: May 26, 2020
हात्तीको आक्रमणबाट झापामा भारतीय युवकको निधन
भद्रपुर, जेठ १३ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा निधन भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै निधन भएको हो । मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय Read More…
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका छन् । उनले बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन्। Read More…
थप ५ जनामा कोरोना संक्रमण पुष्टी
सिरहा, जेठ १३ । सिरहाका थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ का वर्ष ३६, २६,२९,३७ का ४ जना पुरुष र नवराजपुर गाउँपालिकाका १ जना गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु भारतका विभिन्न ठाउँमा मजदूरी गरि Read More…



