स्वास्थ्य

माहामारीको रुपमा फैलदै कोरोना, नेपालमा एकैपटक ९० जनामा संक्रमण पुष्टि, कुल संक्रमित ७७२ पुग्यो

काठमाडौं, जेठ १३ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।

स्वाथ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज थपिएका कोरोना संक्रमितहरु महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना रहेका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालमा संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published.