समाचार

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका छन् । उनले बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले नयाँ नक्सा जारी गरेपछि नक्सा कार्यान्वयनमा ल्याउन संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव, सीमा विवाद हल गर्न चाल्नुपर्ने कदम, आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलगायतका विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published.