अन्य

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं, जेठ २५ । आज देखि देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् । दुई महीनादेखि मालपोत कार्यालयहरु बन्द हुँदा जग्गाको मात्र नभइ बैँकिङ लगायतका कारोबार पनि प्रभावित भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत तथा भूमिसुधार शाखाले देशभरका मालपोत कार्यालयलाई पत्र पठाउँदै कार्यालय खोल्न निर्देशन दिएको छ । गत शुक्रबारको मितिमा पठाइएको पत्रमा मालपोत कार्यालय संचालनको जानकारी विभागमा दिन पनि भनिएको छ ।

पत्रमा भनिएको छ, “‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन तथा सो को जानकारी यस विभागमा गर्नुहुन आदेशानुसार अनुरोध छ ।”

Leave a Reply

Your email address will not be published.