स्वास्थ्य

कोरोना भाइरसः नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमीतको संख्या ३२३५

काठमाडौं, जेठ २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म नेपालमा १३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

नेपालका ७० जिल्लामा पुगेको कोरोना भाइरसबाट नेपालमा ३ हजार २३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ३६५ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३२३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सम्म ९२ हजार ४७७ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.