काठमाडौं, जेठ २४ । चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत एक २७ वर्षीय युवाको मृत्यु भएको छ । दुई साता अघी भारतबाट आएका उनी ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना भएका थिए ।
चितवनको माडी नगरपालिका स्थायी घर भएका उनि उपचारकै क्रममा आज बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको अस्पतालले बताएको छ ।

