खेलकुद फोटो फिचर

आदर्श डोजोले गर्यो सम्मान (फोटो फिचर सहित)

झापा / आदर्श मा.वि.मेचीनगर–८ मा सञ्चालित आदर्श डोजोले आज एक कार्यक्रम बिच खेलाडीसहित विभिन्न व्यक्ति एवं संघ संस्थालाई सम्मान गरेको छ ।

आदर्श मा.वि. परिसरमा आयोजना भएको सम्मान कार्यक्रममा गत फागुनमा रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न ‘प्रथम अन्तरराष्ट्रिय कराते च्याम्पियनशिपमा रजत र कास्य पदक जितेका रोशन श्रेष्ठ, ज्ञानबहादुर विश्वकर्मा र प्रेम तामाङ छन् । त्यसै गरेर गंगा राजवंशी, सुशील विक, रञ्जीत राजवंशी, विशाल पौडेल, अनिषा श्रेष्ठ, जानवी रञ्जीतकार, निलम राई र दृष्टि खड्का छन् ।

त्यसै गरेर सोही अवसरमा मेचीनगर–८ नम्बर वडा कार्यालय, आदर्श मावि, मेचीनगर करातेका संस्थापक प्रशिक्षक अर्जुन लम्साल, र करातेका राष्ट्रिय खेलाडी मनबहादुर धिमाल, फुर्वा लामालाई सम्मान गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, विशेष अतिथि मेचीनगर–८ नम्बर वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्यहरु सन्तोष मेचे, गंगाप्रसाद पाठक, खिला मेचे, विष्णुमाया बराइली, कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, कराते टेक्नीकल कमिटी झापा अध्यक्ष कृष्ण बस्नेत, आदर्श मावि प्रधानाध्यापक हेमकुमार खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोखरेल, इष्ट होराइजन अङ्ग्रेजी आवाशिय मावि प्रिन्सिपल सञ्जीव राईलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा मेचीनगर–८ नम्बर वडा कार्यालयले डोजोलाई तिस हजार रुपैयाँ मूल्य बराबरका करातेका विभिन्न खेल सामग्री डोजोलाई हस्तान्तरण गरेको थियो ।

आदर्श डोजोका प्रशिक्षक मुक्ति काफ्लेको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्वागत डोजो अध्यक्ष राजु शिवाकोटी र सञ्चालन प्रशिक्षर्थी उषा लिम्बूले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.