खेलकुद

अर्टुरो भिडालको गोलमा बार्सिलोनाको जित शीर्षस्थानको रियल म्याड्रिडसँगको अंकदुरी १

काठमाडौं, असार २८ । स्पेनिस ला लिगामा साविकको विजेता बार्सिलोनाले आफ्नो २४औं जित निकालेको छ ।

शनिबार राति ३६औं खेल खेलेको बार्सिलोनाले भाल्लाडोलिडमाथि १–० गोलको जित निकालेको हो ।

भाल्लाडोलिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन अर्टुरो भिडालले निर्णायक गोल गरे ।

खेलको १५औं मिनेटमा उनले कप्तान लियोनल मेस्सीको असिस्टमा गोल गर्दै बार्सिलोनाई जिताए ।

निर्णायक गोलमा असिस्ट गरेका मेस्सीले भने नयाँ कीर्तिमान बनाए । मेस्सी एकै सिजन २० गोल र गोलका लागि २० असिस्ट गर्ने ला लिगाकै पहिलो खेलाडी बने ।

जितसँगै बार्सिलोनाले उपाधि होडमा रहेको रियर मड्रिडमाथि दबाब थपेको छ । शीर्ष स्थानको रियलले ८० अंक छ । रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनासँग ७९ अंक छ ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला आठ खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने नौमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

पराजित भाल्लाडोलिड भने ३९ अंकका साथ १४औं स्थानमा छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.