अर्थ संघ \संस्था

अब एनएमसी चारआली कार्यालय र कोप–सप आफ्नै भवनमा

मेचीनगर, असार २८ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको चारआली कार्यालय आजदेखि आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । योसँगै संस्थाको चौथो व्यवसाय एनएमसी कोप–सपको चारआली आउटलेट पनि आजैदेखि सञ्चालनमा ल्याइएको छ । आज बिहान ८ बजे पञ्चेबाजा र पञ्चकन्यालाई अगाडि लगाई गुरु पुरोहितहरुले स्वस्तीवाचन गर्दै पुरानो कार्यालयबाट नयाँ कार्यालयसम्म दियो कलशसहित पदयात्रा गरेर Read More…

स्वास्थ्य

थप ८२ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, असार २८ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुरा बताएका हुन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको Read More…

विविध

बाढी गाउँ पस्दा शिवसताक्षीका १० घर डुबानमा

शिवसताक्षी, असार २८ । अविरल वर्षाका कारण झापा शिवसताक्षीको शिवगञ्जका १० घर परिवार डुबानमा परेका छन् । जनताको तटबन्ध तोडेर कनकाई नदिको भंगालो गाउँ पसेपछि शिवसताक्षी ६ शिवगञ्जका घरहरु डुबानमा परेका हुन् । आतबार विहान करिब ३ बजे नदिको बहाव गाउँमा पसेको थियो । डुबानमा परेका दुई परिवारलाई प्रहरी कार्यालय शिगञ्जको टोलीले उद्धार गरी सुरक्षित Read More…

खेलकुद

अर्टुरो भिडालको गोलमा बार्सिलोनाको जित शीर्षस्थानको रियल म्याड्रिडसँगको अंकदुरी १

काठमाडौं, असार २८ । स्पेनिस ला लिगामा साविकको विजेता बार्सिलोनाले आफ्नो २४औं जित निकालेको छ । शनिबार राति ३६औं खेल खेलेको बार्सिलोनाले भाल्लाडोलिडमाथि १–० गोलको जित निकालेको हो । भाल्लाडोलिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५औं मिनेटमा उनले कप्तान लियोनल मेस्सीको असिस्टमा गोल गर्दै बार्सिलोनाई जिताए । निर्णायक Read More…

खेलकुद

रोनाल्डोको २ गोल, डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टस बराबरीमा रोकियो

एजेन्सी, असार २८ । इटालियन सिरी ‘ए’ मा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टस शनिबार राति भएको खेलमा अटलान्टासँग २–२ गोलको बराबरीमा रोकिएको छ । आफ्नै घरेलु खेल मैदानमा भएको खेलमा युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले दुई पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए । खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा डुभान जापटाले गोल गर्दै Read More…

विविध

आज पनि ठाउँठाउँमा भारी वर्षा

काठमाडौं, असार २८ । मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र २ का केही स्थानमा भारी वर्षा भइरहेको छ । झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल Read More…

समाचार

बाढीको कारण झापामा एकको मृत्यु, पाँच परिवार विस्थापित

झापा, असार २८ । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए Read More…