काठमाडौं, असार २८ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुरा बताएका हुन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म २३ हजार ९१६ जना क्वारेन्टाइनमा छन् भने आठ हजार ७८४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म आठ हजार ५८९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १६७ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।
मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

