विविध

बाढी गाउँ पस्दा शिवसताक्षीका १० घर डुबानमा

शिवसताक्षी, असार २८ । अविरल वर्षाका कारण झापा शिवसताक्षीको शिवगञ्जका १० घर परिवार डुबानमा परेका छन् । जनताको तटबन्ध तोडेर कनकाई नदिको भंगालो गाउँ पसेपछि शिवसताक्षी ६ शिवगञ्जका घरहरु डुबानमा परेका हुन् ।

आतबार विहान करिब ३ बजे नदिको बहाव गाउँमा पसेको थियो । डुबानमा परेका दुई परिवारलाई प्रहरी कार्यालय शिगञ्जको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

अन्यलाई छिमेकीको घरमा स्थानन्तरण गरिएको वडा नं.६ का वडाध्यक्ष मनोज खलालले जानकारी दिए । उनका अनुसार राहतका लागि नेपाल रेडक्रस सोसाइटीसँग कुरा भइरहेको छ । बस्तीमा बाढी पसेपछि कतिपय स्थानीयले बाल बच्चा च्यापेर राती ३ बजे घर छाडेका थिए ।

त्यस्तै शिवसताक्षी वडा नं। १० दोमुखाको चिल्ड्रेन पार्क कनकाई नदिको उच्च जोखिममा परेको छ । पार्कको पूर्वतर्फ लगाइएको बाँध पानीले नाघेपछि चिल्ड्रेन पार्क जोखिममा परेको हो । अविरल वर्षा हुँदा वर्षेनी शिवसताक्षीका दक्षिणी क्षेत्रहरु डुबान पर्दे आएका छन् ।

Leave a Reply

Your email address will not be published.