खेलकुद

रियल म्याड्रिडलाई ३४ औं स्पेनिस ला लिगाको उपाधि, बार्सिलोनाको भने हार

काठमाडौँ, साउन २ । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई रियल म्याड्रिडले आफ्नो घरेलु मैदान (इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा) २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो । रियललाई जिताउन करिम बेन्जेमा नायक बने दुवै गोल उनले गरे । रियलले तीन वर्षपछि ला लिगाको उपाधि उचालेको हो । यस अघि सन् २०१६-१७ को सिजन रियलले उपाधि जितेको थियो ।

रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा गर्ने क्रममा । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । सिजनको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गरेका थिए ।

रियलले बल पोसेसनमा बलियो पकड बनाउँदै लगातार एकतर्फी आक्रमण जारी राखेको थियो छ । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । रामोससर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न सकेन । रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुनःपेनाल्टी प्रहार गर्न लगाएका थिए । दोस्रो प्रहारमा भने बेन्जेमाले गोल गर्न सफल रहे ।

८२ औं मिनेटमा रियलले अग्रतालाई ३–० को अवस्थामा पुराउन सकेन । क्रुसको प्रहार पोस्टमा लागेर फर्केको थियो । यधपी ८३ औं मिनेटमा भने मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।

यता अर्को खेलमा बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २–१ ले पराजित भएको छ । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए ।

बार्सिलोनाले खेलमा फर्कने प्रयास जारी राखेपनि बराबरी गोल गर्न सकिरहेको छैन । कप्तान लिओनेल मेस्सी फ्रिकिकमा गोल गर्न नजिक पुग्दा गोलरक्षक सर्जियो हरेराले उत्कृष्ट बचाउ गरेका थिए ।

६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । ७५ औं मिनेटमा एन्रीच गालेगोले डिफेन्डर क्लेमेन्ट लेङलेटलाई फल प्रहार गरेपछि रेफ्रीले सिधै रातो कार्ड दिए ।

१० खेलाडीमा रहनुका बाबजुद ओसासुनाले खेलमा जित हासिल गरेको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोबर्टो टोरेसले गोल गर्दै जी जित पक्का गरे । उनले एन्रिके बार्जाको क्रसमा गोल गरेका थिए ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला दस खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने दसमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ । यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ । समग्रमा रियलको यो ३४ औं ला लिगा उपाधि हो । रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । अन्तिम चरणको खेलमा रियलले लेगानेस र बार्सिलोनालले अलाभेससँग खेल्नेछन् ।

अन्य खेलका नतिजा

एथ्लेटिक बिल्बाओ ०–२ लेगानेस, बार्सिलोना १–२ ओसासुना, सेल्टा भिगो २–३ लेभान्ते, गेटाफे ०–२, एटलेटिको म्याड्रिड, मालोर्का १–३ ग्रानडा, रियल बेटिस १–२ अलाभेस, रियल म्याड्रिड २–१, ल्लारियल, रियल सोसीडाड ०–० सेभिल्ला, भ्यालेन्सिया १–० एस्पान्योल। एजेन्सी

Leave a Reply

Your email address will not be published.