राजनीति शिक्षा

नेताहरू आन्तरिक किचलोमा अल्झिएका कारण पार्टीको जनवर्गीय संगठन अस्तव्यस्त : अनेरास्ववियू नेत्री लामा

काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको महाधिवेशनको चर्चा चली रहेको बेला अनेरास्ववियू नेत्री आरती लामाले महाधिवेशन पुर्व सबै जनवर्गीय संगठन र मातहतका पार्टी कमिटी सबैको अधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ ।

साथै उनले सोमबार एक पोष्ट गर्दै व्यंग्यात्मक शैलीमा अनेरास्ववियूको महाधिवेशनको बारेमा पनि चिन्ता जनाउनु भएको छ । पोष्टमा उनले बूढो हुदा सम्म विद्यार्थी राजनीतिमा अल्झिनु पर्ने बाध्यता प्रती सबै विद्यार्थी नेताप्रती प्रश्न उठाउनु भएको छ ।

साथै उनले हाम्रो खबरपाटी संगको कुराकानीको क्रममा पार्टीका नेताहरू आन्तरिक किचलोमा अझिएका कारण पार्टीको सबै जन संगठन अस्तव्यस्त भएको र त्यसको जिम्मेवार पार्टी नेताहरू भएको बताउनु भयो । पार्टीका युवा विद्यार्थी पार्टीको विवादमा नफसी आ–आफ्नो संगठन अपडेट र एकीकरण गर्न लाग्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.