संघ \संस्था

पाँचपोखरीको अध्यक्षमा विक्रम खालिङ निर्वाचित

मेचीनगर, साउन ५ । पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विक्रम खालिङ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा खालिङले ३ सय मत प्राप्त गरी विजय भएका हुन् । उनका प्रत्यासी चेतन आचार्यले १९४ मत ल्याएका थिए । कुल मतदाता ५ सय ५७ मध्ये ५ सय १९ मत खसेकोमा २५ मत बदर भएको उपभोक्ता तारानिधी पौडेलले बताए ।

नेकपाका वडा सचिव समेत रहेका खालिङलाई अन्य पार्टीको समेत मौन समर्थन रहेको थियो भने आचार्यलाई संघीय समाजवादीको समर्थन थियो । बुद्धशान्ति–५ र मेचीनगर ३ मा पर्ने उक्त सामुदायिक वन लामो समयदेखि नेतृत्वबिहीन थियो ।

१० वटा ब्लकबाट यस अघिनै प्रतिनिधि छनौट गरी उपाध्यक्षमा दिलिप दनुवार, सचिवमा चन्द्रकला आचार्य, सहसचिवमा ज्ञानु अधिकारी र कोषाध्यक्षमा हिमा थापा चयन भइसकेका छन् । ३ वर्षे कार्यकालका लागि २१ सदस्य समिति निर्वाचित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.