मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै पाँचौं मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको Read More…
खेलकुद
पाँचौ मेचीनगर गोल्डकप: अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बिहिवार अन्तिम सेमिफाइनलकाे खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको आज हुने सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी चर्च ब्वाइज युनाइटेड काठमाडौं र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुँदै छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा दिउँसो ३ बजेदेखि काँकरभिट्टा खेल मैदानमा हुने खेलमा फाइनल पुग्नका निमित्त दुवै टोली उच्च Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :दमकलाई हराउँदै थण्डर विजयी
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियोे । पानीका कारण १६ ओभरको म्याच खेलाइएको Read More…
पाँचौ मेचीनगर गोल्डकप: धरानलाई पराजित गर्दै आयोजक फाइनलमा
काँकरभिट्टा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन Read More…
पाँचौ मेचीनगर गोल्डकप: पहिलो सेमिफाइनलमा आज आयोजक र धरान एफसी भिड्दै
झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन खेलमा भारतको जर्जियन एफसीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर आयोजकसंगको भेट तय Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट :विर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले पराजित गर्दै पेनोरिस -११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल ठाकुरले Read More…
पाँचौ मेचीनगर गोल्डकप: एपीएफलाई पराजित गर्दै मच्छिन्द्र एफसी सेमिफाइनलमा प्रवेश
झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका Read More…
पाँचौं मेचीनगर गोल्डकपमा आज मछिन्द्र र एपीएफ आमनेसामने
झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले Read More…
व्ल्याक बुल्स एफसी उज्वेकिस्तानलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा
काँकरभिट्टा । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७२ रन बनाएको थियोे । बुधबारेका लागि Read More…










