राजनीति

यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने एमालेका सांसद (नामावलीसहित)

काठमाडौं, बैशाख २७। प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् Read More…

राजनीति

ओलीलाई नेपाल समूहको आज बिहान ९ बजेसम्मको अल्टिमेटम, के सहमती हुन्छ त ?

काठमाडौं, बैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन समय दिएका छन् । नेपाल समूहका सांसदहरूको आइतबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका Read More…

राजनीति

पार्टी एकता टर्दै, यस्तो छ ओली नेपालको अवस्था

काठमाडौं, बैशाख २६ । नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका छन् । यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस–माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि केपी ओली सरकार ढाल्नेसम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको माधव नेपाल पक्षले जनाएको छ । Read More…

राजनीति

मेचीनगरमा माओवादी केन्द्रको एउटा वडा नै एमालेमा समाहित

मेचीनगर, बैशाख २५ । झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी रहेको एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ Read More…

राजनीति

आन्तरिक विवाद मिलाउन ओली नेपालको दौडधुप तीव्र तर प्रयास असफल

काठमाडौं, बैशाख २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिदै छन् । यसैगरी, आगामी ६ जेठमा हुने Read More…

राजनीति

वरिष्ठ नेता नेपालको दौडधुप

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा Read More…

राजनीति

ओली नेतृत्वको सरकार अल्पमतमा, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने निर्णय

काठमाडौं, बैशाख २२। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र माओवादी Read More…

राजनीति स्वास्थ्य

कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न तीनै तहको सरकारलाई युवा संघ झापाको आग्रह

झापा, बैशाख २१ । युवा संघ नेपाल जिल्ला कमिटी झापाले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । भुसको आगो जसरी फैलिरहेको कोरोना संक्रमण रोक्न उचित स्वास्थ्य सामाग्रीको प्रबन्ध मिलाएर उद्धार कार्यमा जुट्न संघले सबैमा अपिलसमेत गरेको छ । संघका जिल्ला कमिटी अध्यक्ष राजु धिमाल र सचिव निकास पाण्डेद्वारा Read More…

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने

काठमाडौं, बैशाख ८ । नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजपनि बस्दैछ । मंगलबारदेखि शुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाइएको छ । आजको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने नेता नारायणकाजी श्रेष्ठले Read More…

राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भोलि निर्णय गर्दै माओवादी केन्द्र

काठमाडौं, बैशाख ७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता Read More…