राजनीति

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा मगर निर्वाचित

धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ सभापतिमा अर्जुन सुब्बालाइ पराजित गर्दै राम मगर शानदार मतले निर्वाचित भएका छन् । आज क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए भने सुब्बाले ५५ मत प्राप्त गरेको पौडेलले बताए Read More…

राजनीति

इलाम २ उपनिर्वाचन : चर्चामा युवा नेता रविन्द्र सुवेदी

इलाम । आउँदो वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम प्रतिनिधि सभा क्षेत्र न २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ । Read More…

राजनीति

एमालेको जिल्लास्तरीय हाजिरीजवाफमा दमक प्रथम

झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । यो वर्ष एमाले झापाले ५१औं सुखानी Read More…

राजनीति

एमाले अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अनेरास्ववियुलाई

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर ८ स्थित श्री कृष्ण व्यास आश्रममा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नेकपा एमाले सम्बद्ध ९ वटा जनसंगठनले प्रतिष्पर्धा गरेका थिए । जसमा अनेरास्ववियुले २४ अंकसहित Read More…

खेलकुद राजनीति

केपी ओली कपको पूर्वसध्यामा युवासंघ मेचीनगरद्वारा मैत्रिपूर्ण फुटसल सम्पन्न

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले ‘केपी ओली कप २०८०’ फुटबल प्रतियोगिताको पूर्वसध्यामा मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा सम्पन्न युवा संघ नेपाल मेचीनगर कमिटीले आयोजना गरेको प्रतियोगितामा रिटर्नी फेडेरेसन नेपाल र राष्ट्रिय शिक्षक संगठन तथा नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपाल बिच खेल भएको Read More…

राजनीति

राष्ट्रिय युवा संघ मेचीनगरको सपथ ग्रहण सम्पन्न

मेचीनगर। राष्ट्रिय युवा संघ मेचिनगर कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेचीनगर १० स्थित पासाङ्ग लाह्मु सभाहलमा सम्पन्न कार्यक्रममा मेचीनगर कमिटीसंगै नगरका पन्द्रवटै वडाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो। वर्तमान युवा संघ मेचीनगर कमिटी शुनिल राजवंशीको नेतृत्व रहेको छ । केही समय अघि मेचीनगरको पन्दैवटै वडा कमिटीसंगै राष्ट्रिय Read More…

राजनीति

युवा संघ मेचीनगर १ र २ को सपथ ग्रहण

बाहुण्डाँगी । राष्ट्रिय युवा संघ मेचिनगर १ र २ को संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार मेचीनगर १ गाडागल्लीमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रशिश्रण गराइएको थियो । केही समय अघि मेचीनगर १ का मोहन सुब्बा र २ नम्बरमा प्रियन दर्जीको नेतृत्वमा समिति गठन भएको थियो । Read More…

राजनीति

गठबन्धनको अघोषित बन्दी बन्यो विर्तामोडको कृषिथोक : एमाले

बिर्तामोड । नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ । एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको Read More…

राजनीति

नेपाल मुस्लिम इत्तेहाद संगठनको झापा अध्यक्षमा जलाल अली

झापा । नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । झापाको झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभा हलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ समितिले थप तीन जना सदस्य मनोनय गर्दै १५ सदस्यीय कार्यसमिति गठन गर्ने Read More…

राजनीति

अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा भण्डारी

मेचीनगर । अनेरास्ववियु मेचीनगर कमिटीको अध्यक्षमा शुलभ भण्डारी चयन भएका छन् । धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न अनेरास्ववियु मेचीनगर नगर कमिटीको दोस्रो अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । भण्डारीको नेतृत्वमा दुई बर्षे कार्यकालका लागि गठन भएको नयाँ कार्य समितिको उपाध्यक्षमा मदन चिमरीया र उत्सव भट्टराई चयन भएका छन् । Read More…