खेलकुद राजनीति

केपी ओली कपको पूर्वसध्यामा युवासंघ मेचीनगरद्वारा मैत्रिपूर्ण फुटसल सम्पन्न

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले ‘केपी ओली कप २०८०’ फुटबल प्रतियोगिताको पूर्वसध्यामा मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा सम्पन्न युवा संघ नेपाल मेचीनगर कमिटीले आयोजना गरेको प्रतियोगितामा रिटर्नी फेडेरेसन नेपाल र राष्ट्रिय शिक्षक संगठन तथा नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपाल बिच खेल भएको थियो ।

दुई चरणमा सम्पन्न मैत्रीपूर्ण खेलको पहिलो चरणमा राष्ट्रिय शिक्षक संगठन पराजित गर्दै रिटर्नी फेडेरेसन नेपालले विजय हासिल गरेको थियो भने दौश्रों चरणको खेलमा नेपाल खेलकुद महासंघलाई पराजित गर्दै राष्ट्रीय युवा संघले विजय हासिल गर्यो ।

नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषद सदस्य एवम् बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहाकार सदस्य हरिचरण बानिँया, जिल्ला कमिटी सदस्य तथा मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, मेचीनगर अध्यक्ष राजु पोख्रेल, एमाले युवा नेता तथा मेचीनगर २ का वडाध्यक्ष दिपक बराल, १० का वडाध्यक्ष नारायण खनाल, ११ का वडाध्यक्ष रुद्र डाँगी, युवा संघ कोशी प्रदेश सदस्य रविनशन थापा, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य रविन ओझालगायतको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटी अध्यक्ष सुनील राजबंशीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव राकेश खवासले गरेका थिए ।

राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि काठमाडौंमा आयोजना गर्न लागेको ‘केपी ओली कप’को प्रचारप्रसार गर्दै यतिबेला देशका विभिन्न स्थानमा युवा सङ्घले मैत्रिपूर्ण खेलहरु आयोजना गरिरहेका छन् ।