मेचीनगर । मेचीनगर-८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । आज सहिद विरेन राजवंशी प्रतिष्ठान मार्फत मेचीनगर नगरपालिकाले आदर्श मावि कक्षा ११ र १२ मा अध्यायनर १ सय १९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । विद्यालय परिसरमा आज एक कार्यक्रमका बिच नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक Read More…
अर्थ
झापामा चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ Read More…
रितिका डेरीको समन्वयमा दुग्ध उत्पादन किसानलाई अनुदान वितरण
मेचीनगर । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज (आइतबार) रितिका डेरी उद्योग मेचीनगर−१२ Read More…
आशिषको सहयोगार्थ महोत्सवमा आज च्यारेटी-सो
मेचीनगर । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले झापाको धाइजनमा शनिबार च्यारेटी-सो हुनेभएको छ । मेचीनगर-१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारीबाट लडेर घाइते भएका थिए । घाइते आशिषको तत्काल बिर्तामोडस्थित बि एण्ड सि हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । आर्थिक अभावका कारण आशिषको उपचारमा समस्या आएपछि च्यारेटी-सो गर्ने भएको हो । Read More…
गृहलक्ष्मी साकोसले गर्यो पुनर्ताजगी कार्यक्रम
धुलाबारी । प्रधान कार्यालय धुलाबारीमा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिवशीय अनुशिक्षण तथा पुनर्ताजगी कार्यक्रम इलामको सूर्योदय−८ स्थित शान्ति चोकमा सम्पन्न गरेको छ । सहकारीका सञ्चालक, सेवा केन्द्र, क्षेत्रीय समिति, उपसमितिका पदाधिकारी तथा कर्मचारी एवम् सदस्यहरुलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो । झापालगायत तराई जिल्लामा अस्वभाविक गर्मी बढेपछि सहकारीले वार्षिक Read More…
काँकरभिट्टा नाकामा भारु नोट सटहीमा सकस
झापा । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात Read More…
प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
काठमाडौँ । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने भएको छ तर किनेर होइन, नेपालका आकर्षक मानिएका नदीनालामा आफैंले जलविद्युत गृह बनाएर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भारत भ्रमणमा छन् । यो भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुले भने – नेपाल र भारतबीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको Read More…
सङ्घीय सरकारबाट झापाको दमक र मेचीनगरमा ९० करोडबढी बजेट, अन्य पालिकालाई कति ?
झापा । सङ्घीय सरकारले झापामा आर्थिक वर्ष २०८०/०८१ का लागि सबैभन्दा धेरै बजेट दमक नगरपालिका र दोस्रोमा मेचीनगर नगरपालिकालाई विनियोजन गरेको छ । पन्द्र पालिकामध्क्ये सबैभन्दा धेरै बजेट दमक नगरपालिकालाई ९५ करोड ८९ लाख त्यस्तै दोस्रोमा मेची नगरपालिकालाई ९१ करोड ५५ लाख विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक Read More…
आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रकम विनियोजन भएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशरण महतले उक्त बजेट घोषणा गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन Read More…
एनएमसीको अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी चयन भएका छन् । मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले आगामी ४ वर्षे कार्यकाल (२०८० साउन – २०८४ असार) का लागि सञ्चालक समितिको अध्यक्षमा सिवाकोटीलाई सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा Read More…










