अर्थ

झापाको बजेट ७ अर्व ३१ करोड ८६ लाख रुपैयाँ, कुन पालिकालाई कति बजेट ?

झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै Read More…

अर्थ

मेची भन्सारका कर्मचारीको ज्यादती बढ्यो

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाका कर्मचारीहरूको ज्यादती दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । नेपालको पूर्वी नाका काँकडभिट्टा नाका भएर आवतजावत गर्ने सर्वसाधारण र पोके व्यापारीले आफूहरूलाई भन्सारका कर्मचारीले मेची पुलमा नै पुगेर अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन् । थोर–थोरै घरायसी सामग्री ल्याउँदा पनि आवश्यक समन्वय समेत नगरी भन्सारका कर्मचारीले चेकजाँच गर्ने बहानामा Read More…

अर्थ

भोट फकाउने बजेट : कर्मचारीलाई १५ प्रतिशत तलब, ६८ वर्षकालाई बृद्धभत्ता, दम्पत्तिलाई कर छुट, सुकुम्वासीलाई अपार्टमेन्ट

काठमाडौँ । सङ्घ र प्रदेशको निर्वाचन गर्ने जिम्मेवारी रहेको सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्‍यो। कोरोनासँगै विश्व राजनीतिको प्रभावले अर्थतन्त्र कमजोर बन्दै गएको बेला सरकारको प्राथमिकता भने मतदातामुखी कार्यक्रम देखियो। चालु आर्थिक वर्षको बजेटभन्दा करिब १० प्रतिशत बढाएको बजेटको लक्ष्य कसरी पुरा हुन्छ अर्थमन्त्री जनार्दन Read More…

अर्थ

यस्तो छ आगामी आर्थिक वर्षको बजेट

काठमाडौं । गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सार्वजनिक भएको सन्दर्भमा सरकारले सङ्घीय संसद्मा नै रु १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । चालु आवमा कूल रु Read More…

अर्थ

मन्त्रिपरिषद् द्वारा बजेट पारित

काठमाडौं । मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।

अर्थ

आज आर्थिक वर्ष २०७९/८० को बजेट भाषण हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । उच्च आयात र घट्दो Read More…

अर्थ

रहिसाको जन्मोत्सव : बाल उद्वार केन्द्रलाई १ लाख सहयोग

मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् । उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका लागि Read More…

अर्थ

फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ । केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको Read More…

अर्थ

अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख बढी मुल्यको सुनसहित एक जना पक्राउ

झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको Read More…

अर्थ

पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौं । फेरि पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएको छ । शनिबार बसेको नेपाल आयाल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो । हालसम्म १६० रहेको पेट्रोलको मूल्य बढेर १७० पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ Read More…