अर्थ संघ \संस्था

मेचीनगरकाे वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका झापाकाे आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत बार्षिक नीति, बजेट तथा कार्यक्रम सम्बन्धि बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । नगर प्रमुख गाेपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीले गरेकी थिइन् । मेचीनगर सभाहलमा आज (शुक्रबार) आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूले आ-आफनाे शाखाले आर्थिक वर्ष Read More…

अर्थ स्वास्थ्य

आर्थिक अभावले क्यान्सर पीडित श्रेष्ठको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको आग्रह

युवराज आचार्य झापा । झापा मेचीनगर ३ का कुमार श्रेष्ठलाई उपचारमा समस्या परेको छ । क्यान्सर रोगबाट ग्रसित उनी जीवनमरणको दोसाँधमा रहे पनि अहिले आर्थिक अभावका कारण थप समस्या झेल्दै आएका छन् । बिगत २ बर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठ हाल विर्तामोड स्थित “पूर्वाञ्चल क्यान्सर अस्पताल” मा उपचाररत छन् । तर, आर्थिक अवस्था कमजोर रहेका Read More…

अर्थ

ओझा परिवारले गरे छोरीको जन्मदिनमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग

मेचीनगर । मेचीनगर १० धुलाबारी निवासी समाजसेवी सोम ओझाले आफ्नी सानी छोरी सिधिका ओझाको ५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई नगदसहित औंषधि सहयोग गरेका छन्। मेचीनगर १० का वडा सदस्य समेत रहेका ओझा मेचीनगरको सामाजिक क्षेत्रमा अग्रपंक्तिमा आउने नाम हो । उनले थुप्रै सामाजिक संघसंस्थामा सहयोग पुर्याउनुका साथै गरिब अशक्त तथा असाहय परिवारलाई नगद Read More…

अर्थ

झापामा अवैध नेटवर्किङबाट ठगिँदै सर्वसाधारण, स्थानीय प्रशासन बेखबर

झापा । प्रशासनको अनुमति बिना नै चिठ्ठा मार्फत ब्राभो नामक टेलिभिजन सेट बिक्री गर्दै आएको मेची कमर्स एण्ड ट्रेड प्रालिले कानुनले वर्जित गरेको पिरामिड शैलिमा नेटवर्किङ ब्यवसाय संचालन गरी सर्बसाधारणको करोडौं रुपैयाँ रकम ठगी गरिरहेको खुलासा भएको छ । उक्त प्रालिले चिठ्ठामार्फत किस्तामा सर्वसाधारणलाई टेलिभिजन सेट बिक्री गर्ने भन्दै ठगी गरिरहेको भएपनि स्थानिय प्रशासन बेखबर र Read More…

अर्थ स्वास्थ्य

मेचीनगरद्वारा बजार अनुगमनलाई तिब्रता

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार Read More…

अर्थ

तस्करको नयाँ शैली कारको ब्याक लाइटमा दुलो बनाई कपडा तस्करी

झापा । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको Read More…

अर्थ स्वास्थ्य

ओमनमा जिवनमरणको दोसाधमा मेचीनगरकी बिना

मेचीनगर। परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बिनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि पर्देशीएकी उनी अहिले उतै अचेत अवस्थामा रहेकी हुन् । आर्थिक अवस्था कमजोर रहेको कवर परिवारको सुन्दर सपना बोकेर २०७५ सालमा वैदेशिक रोजगारीका लागि Read More…

अर्थ संघ \संस्था

काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकाल्ने प्रहरी नियन्त्रणमा

मेचीनगर । काँकरभिट्टा माविको बैंक खाताबाट किर्ते हस्ताक्षर गरि रकम निकाल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा मेचीनगर-६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई पक्राउ गरेको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते Read More…

अर्थ

मेचीनगरको बढ्दैछ आन्तरिक आम्दानी

मेचीनगर । मेचीनगर नगरपालिकाको राजस्व संकलनको अवस्था उत्साहजनक रुपमा सुध्रिएको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा नगरको उठ्ती राजस्व लगभग दुई करोड रुपैयाँ बढेको छ । राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार आव २०८०/०८१ मा १३ करोड ५२ लाख पाँच हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको छ ।  Read More…

अर्थ संघ \संस्था

मेचीनगर : दुई दिनमा उठ्यो सवारी साधन पार्किङ शुल्क वापत ८० हजारबढी रकम

मेचीनगर । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको शुल्क वापत ८० हजार भन्दा बढी रकम सकलन गरेकाे हाे । नगरपालिकाले लामाे दुरीका बस, छाेटाे दुरीका बस, रिक्सा, टेम्पाे र म्याजिक गाडीहरुबाट Read More…